जाजरकोट । नलगाड नगरपालिका वडा नं. २ डाँडागाउँ स्थित माझगाउँमा एकै घरका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिषा परियार, र उनीहरूको २ वर्षीय छोरा सुवम परियार रहेका छन्।

गत भदौ २ गते राति करिब २ बजे आएको अविरल वर्षाका कारण पहिरोले अस्थायी आवास पुरिएपछि उनीहरूको ज्यान गएको हो। स्थानियका अनुसार, यो परिवार गत १७ गतेको भूकम्पपछि अस्थायी आवासमा बस्दै आएको थियो। पहिरोमा पुरिएपछि विहान ९ बजे प्रहरी र नेपाली सेनाको सहायतामा शवहरू निकालेका थिए।

लाल बहादुर परियारको परिवारलाई सरकारले अस्थायी आवासको पहिलो किस्ता मात्र उपलब्ध गराएको थियो, र उनी दोस्रो किस्ताको प्रतीक्षामा थिए। केही महिनाअघि कालापहाडबाट गाउँ फर्केका लाल बहादुरको परिवार अहिले यो दुःखद घटनामा परेका छन्।