शनिबार मर्मत कार्यका लागि गौचर हवाई पट्टी तर्फ लैजाँदै गरेको एम आई– १७ हेलिकोप्टर केदारनाथमा दुर्घटनाग्रस्त भएको छ। हेलिकोप्टरले उडान भरेपछि केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको हो।

जिल्ला पर्यटन अधिकृत राहुल चौबेले जानकारी दिए अनुसार, हेलिकोप्टरमा कुनै यात्रु वा सामान थिएन। उहाँले भन्नुभयो विमानले सन्तुलन गुमाउन थालेपछी दुर्घटना भयो। घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको छ। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ।

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल एसडी आरएफ को टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको र स्रोतका अनुसार दुर्घटनाको वास्तविक कारण अझै पत्ता लाग्न नसकेकाले अनुसन्धान जारी रहेको बताइएको छ। रासस