सुर्खेत । भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा आयोजित एक विशेष सम्मान तथा छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुव कुमार गौतमलाई प्रमुख अतिथिको रूपमा सम्मान गरिएको छ। यस कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष ऋषि गिरिले गर्नुभएको थियो भने कार्यक्रममा वडा निवासी लब्धप्रतिष्ठित शिक्षाप्रेमी तथा समाजसेवी महानुभावहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य वडा नं ९ को चाँदनीचोकमा विश्वविद्यालय सञ्चालनका लागि जग्गा प्राप्ति, भवन निर्माण, र कानुनी प्रावधानबारे छलफल गरिएकाे हाे । विश्वविद्यालय स्थापनाका लागि मूल समितिका अध्यक्ष भूषण कुमार मानन्धर, नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति डम्बर जिसी, र एमाले प्रदेश सदस्य गणेश वली लगायतका व्यक्तित्वहरूले आ आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि उपकुलपति प्रा डा ध्रुव कुमार गौतमले विश्वविद्यालय सबैको साझा थलो भएकाले उत्कृष्ट विश्वविद्यालय निर्माणका लागि सबैको साथ र समर्थन आवश्यक रहेको बताउँदै सबैलाई सहयोगका लागि आह्वान गरेका हुन् ।

उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तेज विक्रम बस्नेत, कमलराज लम्साल, र खेमराज रावतको उपस्थिति रहेको सन्देश थापाले बताए ।