सुर्खेत । दैलेख, नारायण क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ।स्ववियु सभापतिमा अनेरास्ववियुका हिमबहादुर बस्नेत विजयी भएका छन्।

शुक्रबार भएको निर्वाचनमा बस्नेतले नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विष्णुप्रसाद कोइरालालाई नौ मतले पराजित गरे।निर्वाचनमा नेविसङ्घ, अखिल क्रान्तिकारी, र समाजवादी अनेरास्वयू बीचको गठबन्धनलाई हराउँदै अनेरास्ववियुले आफ्नो वर्चस्व कायम गरेको हो।

अन्य पदमा पनि अनेरास्ववियुका उम्मेदवारले सफलता हासिल गरेका छन्। उपसभापतिमा अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तर सहित समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरे। सिंहले १९२ मत प्राप्त गर्दा बुढाले १२७ मत पाएका थिए।त्यसैगरी, कोषाध्यक्ष पदमा अनेरास्ववियुकी शुष्मा शाहीले अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई ३१ मतान्तरले पराजित गरिन्।

शाहीले १७२ मत प्राप्त गर्दा पाण्डेले १४१ मत पाए।यो विजयीसँगै अनेरास्ववियुले नारायण क्याम्पसको स्ववियुमा आफ्नो पकड थप बलियो बनाएको छ।