सुर्खेत – जाजरकोटमा अरिङ्गालले टोकेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका– ५ पाखा गाउँका ४२ वर्षीय पृथ्वी बिक्रम शाही रहेका छन्।शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएका शाहीलाई अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए।

घाइते शाहीलाई स्थानीयवासी र प्रहरी टोलीले स्ट्रेचरमा बोकी उपचारका लागि स्वास्थ्य चौकी लिम्सा, जाजरकोट पुर्याए। स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई नगर अस्पताल दल्ली पठाइएको थियो।

डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार, दल्ली अस्पतालमा शनिबार साँझ ६:३० बजे चिकित्सकले शाहीलाई मृत घोषणा गरे। मृतकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ।