राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी जारी भएपछि पार्टीका कार्यकर्ताहरू केन्द्रीय कार्यालय च:मतीमा भेला हुन थालेका छन्। सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको सूचना पाएपछि पार्टीका कार्यकर्ता ठूलो सङ्ख्यामा कार्यालयमा जम्मा भएका हुन्।

रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेपछि उनीहरू पार्टी कार्यालयमा आइपुगेका छन्। पार्टीका केन्द्रीय सदस्य, सचिवालयका सदस्यहरू, र रवि लामिछानेका निजी वकिल समेत अहिले कार्यालयमा उपस्थित भइसकेका छन्।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासबाट लामिछानेविरुद्ध सहकारी विवादमा मुछिएको आरोपमा पक्राउ पुर्जी जारी भएको हो। प्रहरीले एक उच्चस्तरीय टोलीलाई उनलाई पक्राउ गर्न खटाइसकेको छ भने

यसैबीच, गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक, पूर्वडिआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शङ्खमूल क्षेत्रबाट पक्राउ गरेको छ।