सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको सचिवमा धिरबहादुर बिष्ट निर्वाचित भएका छन्। एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले बिष्टलाई सर्वसम्मत सचिवमा निर्वाचित गरेको हो । ३ दिन चलेको अधिवेशन पार्टी अध्यक्ष माधव कुमार नेपाल द्वारा उद्घाटन भएको थियो ।

सोमबारदेखि सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी र उपसचिवमा धन कुमारी जिसी निर्वाचित भएका छन् ।

एकीकृत समाजवादी कर्णाली प्रदेशले १४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।