पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य यथावत्
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ।
त्यस्तै, हवाई इन्धनको मूल्यमा पनि वृद्धि भएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्य बढाइएको छ।
तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ। निगमले उपभोक्ताको हितलाई ध्यानमा राखी ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको जनाएको छ।
नेपाल आयल निगमले समय-समयमा अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।




प्रतिक्रिया दिनुहोस्