सुर्खेत – कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खड्कराज शाही विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १ सय ४३ मत ल्याएर वडाध्यक्ष पदमा जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नैशोभा शाहीले ११५ मत पाएका छन्।