रोल्पाको रुन्टीगढी–४ मा नेपाली कांग्रेसका भुपमणी पुन वडाध्यक्षमा निर्वाचित
 
        रोल्पा, रुन्टीगढी गाउँपालिका–४ मा सम्पन्न वडाध्यक्षको चुनावमा नेपाली कांग्रेसका भुपमणी पुन मगर विजयी भएका छन्। उहाँले ६४३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्नुभयो। एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो, जबकि माओवादी केन्द्रका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत मात्र ल्याउनुभयो।
यस वडामा यसअघि २०७९ को चुनावमा पनि नेपाली कांग्रेसले जित हात पारेको थियो। त्यो चुनावमा कांग्रेसका उम्मेदवार टंकबहादुर पुनले ४८८ मत ल्याएर विजय हासिल गरेका थिए। एमालेका बेगम पुनले त्यो समयमा ४८० मत प्राप्त गर्नुभएको थियो भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याउनुभएको थियो।

 
                         
                                                                                                                                                                                                            


प्रतिक्रिया दिनुहोस्