काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिन्चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
गएराति करिब ८ बजे जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले पैदलयात्री निम बहादुर मगरलाई ठक्कर दिएको हो। मृतक मगरको स्थायी ठेगाना रामेछाप दोरम्बा गाउँपालिका–४ भए पनि उनी नलिन्चोकमा बस्दै आएका थिए।
ठक्करबाट गम्भीर घाइते भएका ७० वर्षीय मगरलाई मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, गएराति ९:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्