सुर्खेत । मृत्युदण्डले मात्र बलात्कार घटनामा कमी नआउँने मध्यपश्चिम विश्व विद्यालय अन्र्तगत कानुन संकायका सुजन पन्त उप–प्राध्यापक तथा अधिवक्ता सुजन पन्तले बताएका छन् । सेतोपंछी अनलाईनसँगको कुराकानीमा अधिवक्ता पन्तले बलात्कार घटना कमी ल्याउनका लागि जनचेतना आवश्वक रहेको बताए ।
नेपालको कानुनले १० वर्षभन्दा तल उमेर भएका फरक क्षमता भएका र ७० वर्षभन्दा माथि उमेर भएकालाई बलात्कार गरे आजिवन कारावासको सजाय गरेको पन्तले जानकारी दिए ।
विश्वका मुस्लिम देशहरुमा मृत्युदण्डको कानुन रहेको ती देशहरुले पनि अहिले मृत्युदण्डको कानुनलाई हटाउँदै गएका कारणले नेपालको कानुनले अपराध अनुसारको कारवाहीको व्यवस्था गरेको उनको भनाई थियो ।
नेपालमा रुढीवादी मान्यता रहेका कारणले बलात्कार घटनाकमी ल्याउनका लागि यौन शिक्षाको आवश्यकता रहेको उनले जानकारी दिए ।
मान्छेमा अपराध गर्ने मानसिकता आधारमा हुने गरेको उनको भनाई थियो । ‘शिक्षित मानिसले पनि अपराध गरेका छन् ।’ उनले भने,‘अपराधिक मानसिकताले भयो भने कुनै कुराले पनि अपराध गर्न रोक्दैन् ।’