सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्ट्याक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कोलौनीलाई पनि कोरोना पुष्टि भएको हो ।

कार्यालयका केहीमा कोरोना लक्षण देखिएको र परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्दा प्रदेश प्रमुखमा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव चुडामणि कलौनीले बताए ।

‘प्रमुख ज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ अहिले होम आइसोलेसनमा बस्नु भएको छ ।’