जाजरकोट: जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६:३३ बजे नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ। यस पटकको भूकम्पले कुनै मानवीय या भौतिक क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन।
यसअघि, गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर राति ११:४७ बजे ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो। उक्त भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित करिब १५९ जनाको मृत्यु भएको थियो भने ३३७ जना घाइते भएका थिए।
भूकम्पपीडितहरूको पुनर्स्थापनाका प्रयासहरू जारी रहँदा, नयाँ भूकम्पको धक्काले पुनः त्रासको वातावरण सिर्जना गरेको छ।
प्रतिक्रिया दिनुहोस्