रुकुम पश्चिम । श्रीमतीलाई आत्महत्याका लागि बाध्य पारेको भन्दै परेको मुद्दामा एकजना कारागार चलान भएका छन् । बुधबार जिल्ला अदालत मुसीकोटमा भएको थुनछेक बहसपछि अदालतलका श्रेस्तेदार कृतबहादुर बोहराले गरेको आदेशमा चौरजहारी नगरपालिका–१४ का देवराज भनिने दिनेश ओलीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

आफ्नी श्रीमती करुणालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग ओलीलाई लागेको थियो । अन्तिम फैसला नभएसम्मका लागि थुनामा राखेर थप अनुसन्धान गर्ने आदेश अनुसार नै ओलीलाई पूर्पक्षका लागि कारागार पठाइएको हो ।

मंगलबार अदालतमा पेश गरिएकोमा बुधकार भएको थुनछेक बहसपछि उक्त आदेश आएको श्रेस्तेदार बोहराले जानकारी दिए । गत भदौ २४ गते करुणा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि भदौ २८ गते करुणाका दाइ भिउदे पुनले ओली विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए । आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएपछि पक्राउ परेका ओलीलाई प्रहरीले मंगलबारमात्रै अदालत पेश गरेको थियो ।

आत्महत्या दुरुत्साहन मुद्दामा पूर्पक्षमा राख्ने आदेश आएको यो पहिलो पटक भएको जिल्ला अदालतले जनाएको छ ।