हुम्ला नाम्खा गाउँपालिकाबाट कोरोना संक्रमण देखिएका एक जना पुरूषको हेलिकप्टरबाट उद्वार गरिएको छ । गाँउपालिका केन्दबाट हेलिकप्टरबाट कोरोना संक्रमण देखिएका ६३ वर्षिया पुरूषको उद्वार गरिएको हो ।

स्वासपरशवासमा समस्या भएपछि गाउँपालिका केन्द याल्वाङदेखि सिमरिक एयरको हेलिकप्टरबाट उद्वार गरिएको स्वास्थ्य सेवा कायार्लय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उद्वार गरिएका पुरूषलाई काठमाडौं तर्फ लिएको जनाईएको छ।

६० वर्षिया महिलालाई भोली उद्वार हुने स्वास्थ्य सेवा कायार्लय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । हाल नाम्खा गाँउपालिकामा ५ जना पुरूष र ३ जना महिला हिजो मात्रै थप भएको स्वास्थ्य सेवा कायार्लय हुम्लाका प्रमुख सिंहको भनाई छ ।
एक जना गुम्बाको टोपे र ७ जना महाबौद्व माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखिएको छ । समुदाय स्तरमै कोरोेना भाइरसको संक्रमण देखिएपछि एन्टीजेन सहित परिक्षणका जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितको टोली नाम्खा गएका छन ।