जाजरकोट नलगाड नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बद्री पन्त देशकै प्रभावशाली युवाको सूचीमा पहिलो नम्बरमा पर्न सफल हुनुभएको छ।देशभरका करिब ३६ हजार स्थानीय तहका जनप्रतिनिधिमध्ये उत्कृष्ट काम र प्रभावकारी नेतृत्वका आधारमा नेपालको लोकप्रिय सञ्चारमाध्यम Onlinekhabar ले सार्वजनिक गरेको प्रभावशाली युवाको सूचीमा पन्त पहिलो नम्बरमा छनोट हुनुभएको हो।

स्थानीय तहमा जनताको पक्षमा सक्रिय भएर काम गर्दै आउनुभएका पन्तलाई देशभरका युवामध्ये प्रभावशाली नेतृत्वका रूपमा मूल्यांकन गरिएको हो। उहाँको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समेत सम्मान गर्नुभएको छ।स्थानीयका अनुसार पन्त समाजसेवामा मात्र सीमित नभई वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा पनि उल्लेखनीय र उत्कृष्ट काम गर्न सफल हुनुभएको छ।

जनताको समस्या समाधानदेखि स्थानीय विकास र सामाजिक सेवाका क्षेत्रमा उहाँले पुर्याएको योगदानको मूल्यांकनस्वरूप यो उपलब्धि हासिल भएको स्थानीय बताउँछन्।विशेषगरी कोरोना महामारीको समयमा उहाँले गरेको सक्रियता र सेवामूलक कार्यलाई स्थानीयले अझै स्मरण गर्छन्। जोखिमपूर्ण अवस्थामा समेत जनताको साथमा रहेर काम गरेको र त्यसअघि तथा त्यसयता पनि निरन्तर उत्कृष्ट काम गर्दै आएको स्थानीयको भनाइ छ।
स्थानीयवासी भन्छन्, “उहाँको समाजसेवा र जनप्रतिनिधिका रूपमा गरेको कामलाई हेर्दा यो सम्मान र उपलब्धि उहाँको योगदानको मूल्यांकन हो।”जाजरकोटबाट राष्ट्रियस्तरमा प्रभावशाली युवाको सूचीमा पहिलो स्थान हासिल गर्न सफल पन्तको उपलब्धिले जिल्लाको समेत प्रतिष्ठा बढाएको स्थानीयको धारणा छ।











प्रतिक्रिया दिनुहोस्