सुर्खेत – गत मङ्सिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट नौ करोड बढि रकम संकलन भएको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका अनुसार महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ सय ४३ रुपैंया संकलन भएको हो ।
उक्त सबै रकम मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणमा लगानी गरिने समितिले जनाएको छ । मुल आयोजक समितिका अनुसार महायज्ञमा ५० लाख ७४ हजार ८७ रुपैंया खर्च भएको छ । सहयोग प्राप्त र खर्च रकम जोड्दा नौ करोड २६ लाख बढि रकम समितिलाई मुनाफा भएको हो । यो सबै रकम कर्णाली प्रदेशमा मानवसेवा आश्रम निर्माणमा लगानी गरिने समितिका कोषाध्यक्ष टिकाराम चपाईले बताए ।
उनका अनुसार दान प्राप्त रकम अन्तर्गत तीन करोड ६८ लाख ८२ हजार पाँच सय ८७ रुपैंया सहयोग आएको छ । जसमा नगद, क्यू आर तथा अनलाइन माध्यमबाट र चेकबाट सो रकम प्राप्त भएको हो ।
यस्तै प्रतिबद्धता रकम अन्तर्गत संस्थागत र व्यक्तिगत प्रतिबद्धता अनुसार पाँच करोड ६१ लख ९५ हजार ६ सय १४ रुपैंया सहयोग प्राप्त हुने भएको महायज्ञ संयोजक डा, नवराज केसीले बताए । संयोजक केसीका अनुसार,४२ लाख ७४ हजार आठ सय ८२ रुपैंया कलशबाट प्राप्त भएको छ । दानपेटिकामा तीन लाख २६ हजार चार सय ५५ रुपैंया प्राप्त भएको थियो । भने किताबबाट १३ हजार तीन सय पाँच रुपैंया प्राप्त भएको छ ।
मुल आयोजक समितिका संयोजक डा. नवराज केसीले महायज्ञको मुख्य उद्देश्य सामाजिक समृद्धि, एकता, र शान्ति फैलाउनु रहेको बताए। उनले यस महायज्ञलाई धार्मिक अनुष्ठान मात्र नभएर सामाजिक अभियानको रूपमा समेत व्याख्या गर्न सकिने बताए।
खर्च विवरण यसप्रकार छ।
खर्च रकम अन्तर्गत प्रचार प्रसार तथा छपाईमा खर्च १३, लाख ३६ हजार चारसय ३५ .०८ , भाडा तथा ज्यालामा खर्च ११,लाख ६३,हजार ६ सय बाउन्न .५१ , खाद्यन्न तथा भान्सा खर्च ८ लाख २ हजार ४८.५० पुजा खर्च, ७ लाख ९५ हजार ६ सय ३३ कलाकार तथा पण्डित खर्च, ४ लाख ४२ हजार १ सय १६ लत्ताकपडा खर्च २ लाख ७८ हजार २ सय ७९.२० विद्युत इन्धन तथा ढुवानी खर्च १ लाख ४४ हजार ४ सय ७७.४३ अतिथी सत्कार खर्च ३६ हजार ९ सय ५३.५१ सरसफाइ खर्च ३६ हजार ८.५१ यातायात खर्च २१ हजार ८ सय ४० र अन्य विभिद खर्च १६ हजार ६ सय ४३.५१ रुपैंया गरी जम्मा खर्च ५० लाख ७४ हजार ०८७.८८ भएको छ ।
समितिको आय व्यय प्रतिवेदन अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा मानव सेवा आश्रमको भवन निर्माण प्रयोजनको लागी एक करोड विनियोजन गरेको उल्लेख छ । भने दान प्राप्त रकम मध्य ५१ हजार रुपैंया मानव सेवा आश्रमको अक्षय कोषको लागि प्राप्त भएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्