पुस १५, सुर्खेत — नेकपा (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन पुस १३ गते जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन भई पुस १५ गते सम्पन्न भएको छ।
अधिवेशनले खड्गबहादुर खत्रीलाई जिल्ला कमिटीको अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा कुमार ढकाल र गोविन्द शाही, सचिवमा कृष्णप्रसाद सुवेदी, उपसचिवहरूमा गौमाया वली, बालकृष्ण खत्री, र लालसिं सुनार चयन गरिएका छन्। अधिवेशनबाट ६२ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको हो।
पुस १५ गते सम्पन्न बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष केदारकुमार कंडेलको अध्यक्षतामा सपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो। नव निर्वाचित अध्यक्ष तथा जिल्ला कमिटीका पदाधिकारीहरूलाई पार्टी केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले सपथ ग्रहण गराए।
अधिवेशन सफल बनाउन केन्द्रीय सचिव चन्द्रबहादुर शाही, सहइन्चार्ज हस्तबहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, निवर्तमान अध्यक्ष टोपबहादुर रास्कोटी, निवर्तमान सचिव वीरबहादुर रावत भोटे, निर्वाचन कमिटीका सदस्यहरू, र अन्य सहयोगी कमरेडहरूको योगदानको सराहना गरिएको छ।
नव निर्वाचित अध्यक्ष, पदाधिकारी, र सदस्यहरूलाई सफल कार्यकालका लागि शुभकामना दिइएको छ।
प्रतिक्रिया दिनुहोस्