जाजरकोट – जाजरकोट बारेकोट गाउँपालिका–७ स्याँलामा एक घटना सार्वजनिक भएको छ। बिहीबार १२ वर्षीय बालकले आफ्नै ३ वर्षीया मामाकी छोरीको हत्या गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार बालिका घर नजिकै परालले ढाकिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृतक बालिकाको घाँटीमा चक्कुले प्रहार गरिएको घाउ देखिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा १२ वर्षीय बालकले उक्त हत्याको जिम्मेवारी स्वीकार गरेका छन्। उनीहरू मामाभान्जीको नातामा रहेको प्रहरीको भनाइ छ। बालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
हालसम्म पीडित र अभियुक्त दुवैको नाम तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया दिनुहोस्