मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह र कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउन लागेका छन् । ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउन लागेका हुन् ।
बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । दिउँसो २ बजे कर्णाली प्रदेश सभामा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेछन्।
उनले प्रदेशको विकास, सुरक्षा र अन्य मुद्दाहरूमा आफ्नो विचार राख्नेछन्। यसको साथै, दिउँसो ३ बजे उनी वीरेन्द्रनगर १० सानो सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ भवनको उद्घाटन गर्नेछन्।
अपराह्न ४ बजे कर्णाली रंगशालाको अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्