सुर्खेत – सुर्खेत वीरेन्द्रनगर सुर्खेत कामदार संघले विहिबार मजदुर दिवसका दिन र्याली सहित मजदुरलाई भोज कार्यक्रम सम्पन गरेको छ ।विहिवार मजदुर दिवसका दिन कार्यालय उद्घाटन पनि गरीएको छ। कार्यालय उद्घाटन टेक वहादुर भण्डारीले गर्नुभएको हो । आफैले ५० जना मजदुर लाई ट्याक सुट प्रदान गरेका हुन । उहाले पहिला पनि धेरै मजदुरहरु लाई सरसहयोग गर्दै आउनुभएकाे छ।कार्यक्रममा कामदार सघँका सम्पुर्ण सदस्य लगायत मजदुर हरुको उपस्थित रहेको थियो।टेक बहादुर बताउछन् कामदार हरुलाई सहयोग गर्न पाउँदा निकै खुसी हुने बताए । आफ्नो क्षमता भएसम्म र कामदारलाई कुनै दुख पर्दा आफु जहिले पनि सहयोग गर्ने बताए ।

संघका अध्यक्ष दिपेन्द्र विश्वकर्माले मजदुर दिवसको शुभकामना आदानप्रदान गर्नुभएको छ। १३६ औ मजदुर दिवस भव्यताका साथ् सम्पन्न भएको छ। र्याली यरिचोक बाट मङ्गलगढि हुदै कार्यलय सम्म पुगेर भोज सम्पन्न भएको छ।