सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी गराइन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन

प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाने उनले जानकारी गराइन्।प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने उनले बताइन्।