
जाजरकोट — जाजरकोटको बारेकोट गाउँपालिका–८ बन्डलाका एक पुरुषको सडकबाट खसेर मृत्यु भएको छ। शनिबार साँझदेखि वेपत्ता भएका अन्दाजी ३५ वर्षीय लालबहादुर सिंह आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्राप्त विवरणअनुसार सिंह शनिबार कोलेनीस्थित बुवाको घरबाट आफ्नै घरतर्फ हिँडेका थिए। तर घर नपुगेपछि परिवार तथा स्थानीयले खोजतलास सुरु गरेका थिए। खोजी गर्ने क्रममा आइतबार साँझ करिब साढे ७ बजे लामीद्वाला भन्ने स्थानमा स्थानीयहरूले सिंहको शव सडकबाट करिब ४ सय मिटर तल खसेको अवस्थामा फेला पारेका थिए।
घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी सक्लाबाट प्रहरी सहायक निरीक्षक मोहनसिंह पुजाराको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। टोलीले शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्