सुर्खेत, ७ असोज । संसारभर कोरोना भाईरसका कारणले आक्रान्त बनेको बेला मध्यपश्चिमाञ्चल विश्व विद्यालयको केन्द्रीय मानविकी तथा सामाजिक शास्त्र क्याम्पसको भौतिक संरचनाको स्वरुप बद्लिएको छ । क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको नेतृत्वमा स्वंयसेवीहरुको सहयोगमा स्वरुप फेरिएको हो ।
कोरोना भाइरसका कारणले क्याम्पस बन्द भएको अवस्थामा पनि क्याम्पस प्रमुख बस्नेतले स्वंयसेवी रुपमा काम गरेर क्याम्पसको स्वरुप बदलिएको छ ।
कोरोना भाइरसका कारणले क्याम्पस बन्द रहेको भएपनि क्याम्पस केन्द्रीय क्याम्पस परिसरको बगैचा निर्माण, केन्द्रीय पुस्ताकालयको पार्क निर्माण, बृक्षारोपण र सरसफाईको काम गरिएको क्याम्पस प्रमुख बस्नेतले बताए । ‘कोरोना भाइरसका कारणले क्याम्पस बन्द रहेको भएपनि हामीले क्याम्पसको आन्तरिक भौतिक पूर्वाधार निर्माणको काम ग¥र्यौ ।’ उनले भने,‘सरसफाई, पार्क निर्माण बृक्षारोपण अन्य काम गरेर क्याम्पसको स्वरुप बदल्ने काम भएको छ ।’
क्याम्पसका यी सबै काम स्वंयसेवी रुपमा १२ घण्टासम्म काम गर्ने गरेको क्याम्पस प्रमुख बस्नेतले जानकारी दिए । ‘क्याम्पसका सुरक्षागार्ड, कार्यालय सहयोगीको पनि स्वंयसेवी काम गरेका छन् ।’ उनले भने,‘क्याम्पसका अन्य स्वंयसेवीले समेत काम गरेका छन् ।’
केन्द्रीय मानविकी तथा सामाजिक शास्त्र क्याम्पसले निर्माण गरेको सम्पूर्ण भौतिक संरचना निर्माणमा मध्यपश्चिमाञ्चल विश्व विद्यालय कुनै आर्थिक भार नपर्ने गरि स्वंयसेवी काम गरिएको प्रमुख बस्नेतले बताए ।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरु बन्द रहेका बेला मध्यपश्चिमाञ्चल विश्व विद्यालयको केन्द्रीय मानविकी तथा सामाजिक शास्त्र क्याम्पस प्रमुख बस्नेतले गरेको स्वंयसेवी कामका कारणले प्रंसशा हुने गरेको छ ।
अनलाइनबाट परीक्षा
मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्द्रीय क्याम्पसका प्रमुख बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको जानकारी दिए ।
कोभिड–१९ को संकटमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको जनाउँदै उनले कम्प्युटर नजान्नेहरुका लागि अनलाइन परीक्षाकोसमेत व्यवस्था गरिएको बताए ।
परीक्षा दिने परीक्षार्थीलले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतले बताए ।
मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकायका स्नातक तह सातौं समेष्टर र स्नाकोक्तर तह तेस्रो समेष्टरको फाइनल परीक्षा (समेष्टर इन्ड) परीक्षा असोज १७ गतेदेखि कार्तिक ७ गतेसम्म संचालन हुने क्याम्पस प्रमुख बस्नेतले जानकारी दिए ।
क्याम्पस प्रमुख बस्नेतका अनुसार २३५ जना विद्यार्थीले मानविकी तथा सामाजिक संकायमा परीक्षा दिनका लागि फर्म भरेका छन् ।
अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको सहायक क्याम्पस प्रमुख ललितजंग शाही बताए । यस परीक्षाले कोभिड–१९ ले धकेलिएको सेमेष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ ।