सुर्खेत, १३ असोज । कर्णालीमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार सुर्खेतका ३४ जना, कालिकोटका ४ जना, हुम्लाका ३ जना, जुम्लाका २ जना, डोल्पा १ जना, जाजरकोटका १ जना र अन्य प्रदेशका ४ जना गरि ५२ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३४९४ पुगेको छ ।
मंगलबार कर्णालीका बिभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ६३ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए । ‘कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २९०५ पुगेको छ ।’ उनले भने,‘हाल संक्रिय संक्रमितको संख्या ४५६ रहेको छ ।’