सुर्खेत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७, दाजेमा शुक्रबार राती भएको दुर्घटना परि ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परि घाइते भएका एक जनाको शनिबार बिहान मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।
दुर्घटनामा परी गम्भिर घाईते आठबीसकोट–८, का ५८ वर्षिय लालबहादुर नेपालीको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
नेपालीलाई थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
जिपका चालक चालक वर्षीय डिल्लीबहादुर नेपाली फरार रहेको उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चि पश्चिमले जनाएको छ ।