काठमाडौं- सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताए। सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण गरिने उनले बताए।