सुर्खेत । सम्बन्धविच्छेद गर्न चाहने एक महिलाको खुट्टा काटिएको घटना अहिले निकै चर्चामा रहेको छ ।

श्रीमानको बारम्बारको हिंसाबाट त्रस्त भएर सम्बन्धविच्छेद गर्न खोज्ने सोबिया बतुल शाहलाई उनका बाबु र काकाहरूले खुट्टा काटिदिएका हुन्। जियो न्युजको अनुसार, बाबु सइद मुस्तफा शाह र उनका काकाहरू सइद कुरबान शाह, एशान शाह, शाह नवाज र मुस्ताक शाहले मिलेर बन्चरो प्रहार गरेर सोबियाको खुट्टा काटिदिएका थिए।

घटनापछि सबै अभियुक्तहरू फरार भएका छन्। प्रहरी घटनास्थलमा पुग्दा उनी रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्कालै नवाव शाह अस्पताल लगिएको छ।