सुर्खेत। जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. १२, साँगाचौरस्थित गाउँबस्तीलाई बाढी पहिरोको उच्च जोखिमका कारण स्थानान्तरण गरिएको छ। सोमबार बिहान करिब १०:२० बजेको समयमा, जोखिममा रहेका ३० घरपरिवारमध्ये २० घरपरिवारका १०२ सदस्यलाई प्रहरी निरीक्षक नन्द बहादुर रावलको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले छेडागाड नगरपालिका र वडा कार्यालयको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो।

स्थानान्तरण गरिएको व्यक्तिहरूलाई जामुने डाँडा, विउरेनी भन्ने स्थानमा अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था गरिएको छ। यसैगरी, ७ घरपरिवारका ३९ सदस्य आफन्तको घरमा सरेका छन् भने अन्य ३ घरपरिवारका १६ सदस्य भारततर्फ गएका छन्।

बस्तीलाई समयमै सुरक्षित स्थानान्तरण गरिएपछि ठूलो दुर्घटनाबाट जोगिएको जनाइएको छ। यस घटनाले पुनःप्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनमा स्थानीय निकाय र सुरक्षाकर्मीको तदारुकतालाई प्रतिबिम्बित गरेको छ।