देशभर डेँगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो, गण्डकी प्रदेशमा सबैभन्दा बढी
सुर्खेत । देशभर डेँगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार, डेँगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा फैलिएको छ।
महाशाखाका अनुसार हालसम्म तीन जनाको डेँगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको छ।
डेँगु सबैभन्दा बढी गण्डकी प्रदेशमा फैलिएको छ, जहाँ दुई हजार चार सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ। गण्डकीको पनि तनहुँ जिल्लामा सबैभन्दा बढी एक हजार ११६ जनामा सङ्क्रमण देखिएको छ।
अन्य देशहरूमध्ये कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनीमा चार सय १८, कर्णालीमा ७६, र सुदूरपश्चिम प्रदेशमा ३३४ जनामा सङ्क्रमण देखिएको छ।
राजधानी काठमाडौँ उपत्यकामा पनि डेँगु सङ्क्रमणको जोखिम उच्च देखिएको छ। काठमाडौँ जिल्लामा ४६६, भक्तपुरमा ६२, र ललितपुरमा ८८ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको डा, दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्