सुर्खेत – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१०, घारीखोलामा छोराले आफ्नै बुवाको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय आठबिसकोट राडीका अनुसार, अन्दाजी १९ वर्षीय वीरबहादुर खत्रीले आफ्ना बुवा, अन्दाजी ५० वर्षीय दरबे खत्रीको आइतबार बेलुकी चक्कु प्रहार गरी हत्या गरेका हुन्।

घटनापछि वीरबहादुर फरार रहेका छन् भने उनको खोजीका लागि प्रहरी टोली परिचालित भएको छ। घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन। प्रहरी घटनास्थलमा रहेर अनुसन्धान गरिरहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय राडीले घटनाको थप विवरण आउने क्रम जारी रहेको जानकारी दिएको छ। स्थानीयवासी र परिवारजन समेत घटनाबाट स्तब्ध भएका छन्।