रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १३ को रिठ्ठा क्षेत्रमा भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। शव गलिसकेको अवस्थामा पानीमा तैरिरहेको भेटिएकोले पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको टोली पुगेको छ।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको र शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन केही समय लाग्ने बताएका छन्।
थप विवरणका लागि अनुसन्धान भइरहेको रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस्