डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी मन्दीर पश्चिम नेपालकाे चर्चित धार्मिकस्थल हाे। यहि मन्दिरमा खप्तड बाबा पदमार्ग निर्माणकाे काम भइरहेकाे छ । १ हजार ८  खुट्किलाकाे सिडी निमार्ण बन्ने खप्तड बाबा पदमार्गकाे ६ सय निर्माण भइसकेकाे बाला त्रिपुरासुन्दरी विकास अक्षय काेषका अध्यक्ष लक्ष्मिकान्त  उपाध्यायले जानकारी दिनुभयाे । पदमार्ग कर्णाली प्रदेशकाे उद्याेग,पर्यटन,बन तथा वातावरण मन्त्रालयकाे ८० लाख बजेट सहयाेगमा पदमार्ग निर्माण भइहरेकाे छ । उपाध्यायका अनुसार

“खप्तड बाबा स्वयम् आएर त्रिपुरासुन्दरी मन्दीरमा याेग ध्यान गर्नुभएकाे थियाे । खप्तड बाबा हरेक दिन बिहान ठुलीभेरी नदी र भैरविगंगाकाे संगममा स्नान गर्न जानुहुन्थ्याे । उहाँ हिड्नेबाटाेमा पदमार्ग निर्माण भएकाले पदमार्गकाे नाम नै खप्तड बाबा पदमार्ग राखिएकाे हाे ।”

भदाै महिनाभित्र पदमार्गकाे काम सक्ने याेजना रहेकाे काेषका काेषाध्यक्ष विष्णु न्याैपानेले जानकारी दिए । ६ सय सिडी निर्माणकाे काम सम्पन्न भइसकेकाे र रेलिङ लगाएतका बाँकि काम पनि चाँडै सम्पन्न गर्ने उहाँकाे दावी छ। निर्माण कार्यमा बजेट अभाव देखिएकाे अध्यक्ष उपाध्यायकाे भनाइ छ । प्रदेश सरकारले थप सहयाेग गर्ने अपेक्षा रहेकाे उहाँ बताउँनुहुन्छ । डिभिजन वन कार्यलय मार्फत सञ्चालन भएकाे उक्त आयाेजनाकाे कामकाे स्थलगत  निरक्षण गर्दा कामहरू सन्ताेषजनक भएकाे डिभिजन वनका इन्जीनियर बादल बुढाले जानकारी दिए । यस्तै डिभिजन बनका प्रमुख जितेन्द्र महतले यसबाट स्थानिय देखि  पर्यटकहरू लाभान्वित हुने दावी गरे ।

व्यासऋषिमा मन्दिर,धर्मशाला र १ सय ८ धारा निर्माण

पश्चिम नेपालकाे चर्चित अर्काे धार्मिकस्थल व्यासऋषिमा  पनि मन्दीर,धर्मशाला र १ सय ८ धारा निर्माण गरिएकाे छ । भगवान वेदव्यासले तपस्या गरेकाे भुमि भएकाले व्यासऋषि अर्थात ऋषिहरूकाे तपाेभुमि भन्ने किम्बदंन्ति रहेकाे काइके गाउँपालिका ६ का वडाध्यक्ष नरेन्द्र राेकायाले जानकारी दिए । वर्षेनि सयाैँ तीर्थयात्रीहरू व्यासऋषिमा मनाेकामना पुरा हुने विश्वासका साथ दर्शनकै लागि आउँने गर्छन् । पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे चर्चित तीर्थस्थलकाे स्तरराेन्नतिमा प्रदेश सरकारले विशेष सहयाेग गरेकाे अध्यक्ष राेकायाले बताए । हाल प्रदेश सरकारकाे उद्याेग,पर्यटन,बन तथा वातावरण मन्त्रालयकाे ८० लाख बजेट सहयाेगमा र संघकाे २० लाख सहयाेगमा मन्दीर निर्माण गरिएकाे छ,१ सय ८ धारा समेत निर्माण भएका छन् भने धर्मशाला समेत निर्माण गरिएकाे वडा नम्वर ७ का वडाध्यक्ष रामचन्द्र राेकायाले जानकारी दिए । पदमार्ग निर्माणका लागि विशेष पहल भइरहेकाे उनकाे भनाइ छ ।

डिभिजन वन कार्यलय मार्फत सञ्चालन भएकाे आयाेजनाकाे उक्त काम पनि सफलता पुर्वक सम्पन्न हुने चरणमा रहेकाे र  निरक्षण गर्दा कामहरू सन्ताेषजनक भएकाे डिभिजन वनका इन्जीनियर बादल बुढाकाे भनाइ छ ।

  

पर्यटन विकासमा प्रदेश सरकार लागि पेरेकाे छःनन्द सिँह बुढा,पर्यटन मन्त्री

समग्र कर्णालीकाे पर्यटन प्रवर्दन र विकासका लागि प्रदेश सरकार लागि परेकाे  कर्णाली प्रदेशका उद्याेग,पर्यटन,बन तथा वातावरण मन्त्री नन्द सिँह बुढाकाे भनाइ छ । मन्त्री बुढाका अनुसार डाेल्पा पनि पर्यटकीय हिसावले प्रचुर सम्भावना बाेकेकाे र जडीवुटीकाे धनि जिल्ला भएकाले कर्णाली प्रदेश लगाएत राज्यले पनि लाभ लिन सक्ने उहाँकाे भनाइ छ । डाेल्पामा हालै मात्र खप्तड बाबा पदमार्ग निर्माणकाे काम सकिन लागेकाे खवरले आफूलाइ गर्व महशुस भएकाे मन्त्री बुढाले बताए । डाेल्पामा यातायातकाे सहज पहुँच हुनेवित्तिकै पर्यटकहरूकाे राेजाइकाे गन्तव्य बन्ने मन्त्री बुढाकाे विश्वास छ ।

व्यासऋषि समेत धार्मिक  महत्वका हिसावले निकै महत्वपूर्ण गन्तव्य रहेकाले प्रदेश सरकारले पदमार्ग निर्माणमा सहयाे गर्ने मन्त्री बुढाकाे प्रतिवद्दता छ । यस्तै त्रिपुरासुन्दरी मन्दीरमा निर्माणाधिन खप्तडबाबा पदमार्गमा समेत बजेट अभाव देखिएकाले थप बजेटका लागि पहल भइरहेकाे मन्त्री बुढाले जानकारी दिए ।

मन्त्री बुढाले भने ” जिल्लामा यार्सा सरकिट  बनाउँने याेजनामा पर्यटन मन्त्रालय छ,त्रिपुरासुन्दरी नगरपालिका देखि ठुलिभेरी नगरपालिकाकाे सुन्दहसम्म पदमार्ग निर्माण गर्ने मन्त्रालयकाे याेजना छ”त्यतिमात्र नभएर जुम्लादेखि डाेल्पाकाे पर्यटकिय गन्तव्यहरूसम्म पुग्ने २१ दिन लामाे पदमार्ग निर्माणमा पनि मन्त्रालय जुटेकाे छ,उनले थपे सम्भाव्यता अध्ययन भइरहेकाे छ जुम्लाबाट ,त्रिपुरासुन्दरी मन्दीरहुँदै,सहरतारकाे ताताेपानी।ठाँगेलेक ,ग्यालबारा,चाैरेराेबन,शे फाेक्शुण्डाे,पुग्म,मुकुटेश्वर हिमाल हुँदै छलमष्टा मन्दीरबाट त्रिपुरा सुन्दरीमा झर्ने पदमार्ग निर्माण हुँदै छ । यस्तै दुइचार याेजना डाेल्पाकाे पर्यटन विकासमा काेशेढुङ्गा सावित हुने मन्त्री बुढाकेा दावी छ । साभार: ईमान्दार खबर