सुर्खेत । भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टीङ फेडरेसनले आयोजना गरेको २१ औं विश्व पावर लिफ्टीङमा श्रुती कार्कीले दुई स्वर्ण पदक जितेकी छन् । मंसिर १९ गतेदेखि २२ गतेसम्म (डिसेम्बर ४ देखि ७ सम्म) संचालन भएको खेलमा सुर्खेत वीरेन्द्रनगर–५ का कार्कीले २२ देशका सहभागी हराउँदै उमेर समूह चरण र सम्पूर्ण क्षेत्रका अन्य देशका खेलाडीलाई हराउँदै दुई स्वर्ग पदक जितेकी हुन् ।
५५ केजी तौल समूहको प्रतियोगितामा कार्कीले स्वर्ण पदक र सम्पूर्ण खेलाडीको क्षेत्रमा पनि स्वर्ग पदक जितेको जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष तथा मिडवेस्टन फिडनेस सेन्टरका संचालक प्रमोद हमालले बताए । ‘२० वर्षीया कार्कीले ५५ केजी तौल २२५ केजी तौलमा उचालेकी छन् । त्यसमा एक स्वर्ग पदक जितेकी छन् ।’ उनले भने,‘अर्को सम्पूर्ण क्षेत्रमा पनि एक स्वर्ग पदक जितेका छन् ।’
कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको विश्व पावर लिफटीङ प्रतियोगितामा नेपालका ६ जना खेलाडीले सहभागिता जनाएको त्यसमध्ये एक जना महिला खेलाडीमा कार्की रहेको हमालले बताए । ‘विभिन्न तौल समूहमा भाग लिन ५ जना पुरुष र १ जना महिला सहभागी भएका थिए ।’ उनले भने,‘पावर लिफटीङ वल्र्ड कप–२०२० मा सहभागिता जनाउने नेपालकै एक्ली महिला हुन् ।’
उनीसँगै प्रतियोगिताका सहभागिता जनाउने गण्डकी प्रदेश पोखराका हसन गुरुङ (८२ केजी) मा स्वर्ग पदक, अजित आले मगरले (१००केजी) स्वर्ग, राजेश सुवाल (९०केजी)ले रजत, सुजन आले (८५केजी), रजत पदक जितेको टिम कोच जीवन गिरीले जानकारी दिए ।
मिडवेस्र्टन फिटनेस सेन्टरबाट प्रशिक्षण पाएकी कार्की नेपालमा भएका यसअघि भएका प्रतियोगितामा सहभागी जनाएको स्वर्ग पदक जित्नु देशको गौरवको बिषय भएको हमालले बताए । ‘देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीप भएको राज्य नै बेखर भएको छ ।’ उनले भने ‘नेपालको प्रतिनिधित्व गर्ने पुरुषतर्फको प्रतियोगितामा नेपालले चार स्वर्ण र एक रजत पदक जितेका छ । यो राष्ट्रका लागि गौरवको बिषय हो ।’