२८ भदौ,सुर्खेत।
सुर्खेतको पन्चपुरी नगरपालिका विद्यापुरमा १४ वर्षीय बालिकामाथी जवरजस्ती करणी भएको छ ।बालिकामाथी जबर्जस्ति बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । साथीले जन्मदिनमा बोलाएपछि विद्यापुरमा पुगेकी १४ वर्षीय बालिका फर्किदा बलात्कृत भएकी हुन् ।

भदौ २४ गते राती स्थानीय तीन जनाले बलात्कार गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । बालिका बलात्कृत भएको राती नै प्रहरी चौकी विद्यापुरमा पुगेर निवेदन दिएकी थिइन् । त्यहीँ निवेदनका आधारमा ईलाका प्रहरी कार्यालय बावियाचौर र प्रहरी चौकी विद्यापुरको टोलीले तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाएको हो । घटनामा संलग्न भएको आरोपमा पञ्चपुरी नगरपालिका ८ का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई पक्राउ गरिएको डिएसपी घर्तीले जानकारी दिए ।

डिएसपी घर्तिका अनुसार बालिकाले दिएको वयानका आधारमा नै उनीहरुलाई पक्राउ गरिएको र बालिकाले बिहीबार जिल्लामा जाहेरी दिएपछि थप अनुसन्धान गरिरहेको उनले वताए।अनुसन्धानका क्रममा `प्रकाशले जन्मदिन मनाउन बोलाएका र पछि फर्किदा बाटोमा बलात्कार गरेको´ बालिकाले बताएकी छन्, यस बारे थप अनसन्धान भइरहेको डिएसपी घर्ती ले जानकारी दिए।