कोरोना कहर अन्त्य गर्ने निर्विकल्प उपायका नाममा लकडाउन गरिदै आइएको छ । मान्छेहरुलाई नजरबन्द गर्दै शहरदेखि गाउँसम्मलाई नाकाबन्दी लगाउँदै परिवार परिवारलाई एक आपसमा छुट्टाउदै कोरोना कहरले मानव जीवनलाई तहसनहस बनाएको छ । हुने खान वा गरि खाने कोही पनि यस को असरबाट अछूत छैन ।

लाखौं मजदुरहरु भोकभोकै १४ सय किलोमिटर पैतल यात्रा गर्न बिवश भए । करोडौं ब्याक्तिहरुले रोजगार गुमाए र अहिले बेरोजगार बस्न बाध्य भएका छन् जस्ले गर्दा अहिले एन्टिबायोटिक औषधी माग ७५ प्रतिशतले घटेको र मानसिक रोगीले सेवन गर्न औषधी ७५ प्रतिशतले बढेको भन्ने जुन तथ्याङ्क आएको छ । यस्ले गर्दा अआउादादिनमा विश्वमै मानसिक रोग ठुलो समस्या रूपमा देखा पर्ने निश्चित छ ।

अहिले विश्वका विभिन्न मुलुकहरु यस्को औषधी को अनुसन्धानमा लागेका छन । रूस , बेलायत, चिनले आँफुहरुले कोरोनाको खोप तयार गरेको जानकारी गराएका छन् तर यो खोपले कति काम गर्छ भनेर ठयाक्कै भन्न सकिदैन किनभने यो औषधीले मानबको शरीरमा रोगसङ्ग लड्ने क्षमता बृद्धि गर्नु हो न कि कोरोना भाइरसको समुल नष्ट गर्ने ।

शुरू शुरू मा दिर्घ रोगीहरु ( क्यान्सर, मधुमेह, ऊच्च रक्त चाप मिर्गौला समन्धी समस्या) लाई कोरोनाले छोयो भने बाच्दै बच्दैनन भने जसरी प्रचार प्रसार गरियो तर यि रोग लागेका धेरै रोगीहरुले पनि यस्लाई परास्त गरे ।

दमका रोग लागेका ब्यक्तिहरु लाई हिजो पनि अलि बढी समस्या भएमा भेन्टिलेटर राख्नुपथ्र्यो अहिले पनि पर्छ । कोरोना रोग ठुलो भन्दा पनि यस्को हाउगुजी देखाएर औषधी माफियाहरुले गरेको प्रोपोगाण्डा बढी ठुलो त होइन ? नत्र भने कुनै पनि रोग लाग्दा औषधी उपचार गरिन्छ तर यो रोग लागे ९९ प्रतिशत संक्रमितलाई आईसुलेसन ( एकान्तबास ) पठाईन्छ जहाँ बिरामी एक्लै बस्नु पर्छ उस्को हेरबिचार गर्न कोही हुँदैन तर ऊ आफै ठिक हुन्छ अनि यो कस्तो रोग हो ? कुनै औषधी नखाएर आफै ठिक हुन्छ ।

चिन बाट युरोप तिर लम्किएको कोरोना बिस्तारै नेपाल पनि आई पुग्यो । हामी सबै डरायौ के के हुन्छ जस्तो लाग्यो । लामो लक डाऊन
(बन्द बन्दी) भयो सबै जना भोकभोकै बसेर पनि साथ दिए । अब यो लकडाउन सहने क्षमता सबै जनाले गुमाउँदै लगेका छन् । ब्यापार ब्यवसाय चौपट भइसकेको छ । विश्व आर्थिक मन्दीको चपेटामा परेको छ ( बेलायत, जापान र भारत ) आर्थिक समस्या सङ्गजुध्नु परेको छ भने हाम्रो जस्तो देशले अब लकडाउन थेग्न सक्ने अबस्था छैन ।

अब पनि यहि अबस्था रहने हो भने धेरै ब्याबसायी धरासायी हुने निश्चित छ त्यसै कारण सामाजिक दुरी कायम गर्दै अनुशासित तरिकाबाट ब्याबसाय सन्चालन गर्ने बातावरण बनाउनु पर्छ ।

होईन भने कोरोनाले होईन भोकले मर्ने दिन आउने छ । नेपाल सरकार पनि यस तिर ध्यान दिन जरुरी छ नत्र औषधी माफियाहरुले अनेक शाक्ति प्रयोग गर्दै लकडाउन लकडाऊन भन्दै चिच्याउँदै हिड्ने छन । लकडाउन जनताका लागि त्रास र सरकारका लागि कोरोना जित्ने एकमात्र अस्त्र बनेको छ, तर यसले दिएका दुःख अनेक छन् ।

लकडाउन सरकारका लागि कोरोना जित्ने एकमात्र अस्त्र बनेको छ, तर यसले दिएका दुःख अनेक छन् । समयमै सम्बोधन हुुन नसके सामाजिक बिद्रोह निम्तिने खतरा छ । त्यसैले सबैले यस बारेमा बिचार, बिमर्श गर्न जरुरी छ । साभार: ईमान्दार खबर