२३ भदौ २०७७
सुर्खेत – कर्णाली प्रदेश राजधानी प्रवेश गर्ने प्रमुख नाकामा रहेको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका प्रमुख दुई बजार सील गरेकाे छ । समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमको आकलन गर्दै नगरपालिकाले आईतबार राती १२ बजेबाट लागू हुनेगरी भदौ २८ गतेसम्मका लागि जहरे र झिंगनी बजार सिल गरेको थियो । यस्तै आज मंगलवार पुन भदौ २३ गते राती १२:०० बजे देखी लागू हुनेगरी भदौ ३० गते राती १२:०० बजे सम्मको लागि छिन्चु बजार पनि सिल गरिएको छ ।

यस्तै झिंगनी बजारको पूर्वमा झिंगनी खोलाला, पश्चिममा लामा खाली, उत्तरमा शान्तिपुर र दक्षिणमा खानेपानी ट्यांकीसम्म सील गरिएको चन्दको भनाइ छ । सील गरिएको अवधिमा अत्यावश्यक सेवासुविधा बाहेक अन्य काम गर्नमा राेक लगाएको मेयर चन्दले जनाए ।

सील गरिएको अवधिमा बैंक, वित्तीय संस्थाहरूको काम समेत पूर्णरूपमा बन्द गरिएको जानकारी नगर प्रमुख चन्दले जानकारी दिए ।