२६ भदौ,सुर्खेत ।
सामाजिक विकास मन्त्रालयका एक कर्मचारीसहित कर्णालीका ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला १ गरी ३० जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमध्य एक जना सामाजिक विकास मन्त्रालयका कर्मचारी रहेका छन् । उनी उच्च शिक्षा शाखाका कर्मचारी रहेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

मन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि शाखा सील गरेर अन्य कर्मचारीलाई होम आइसोलेशनमा पठाइएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत कंडेलका अनुसार संक्रमित अन्य २९ जनामध्य वीरेन्द्रनगरका ७, बर्दियाका ४, दैलेखका ३, सुर्खेत भेरीगंगाका, कालिकोट, जुम्ला र सल्यानका २/२ जना रहेका छन ।

यस्तै, जाजरकोट, हुम्ला, काठमाडौं, ताप्लेजुंङ, ललितपुर, गुल्मी र जुम्लाका १/१ जना छन् । पछिल्लो २४ घण्टाका नयाँ संक्रमितसहित कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या २७५५ पुगेको छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमण बाट निको भइ डिस्चार्ज हुनेको संख्या १५ रहेको छ र हाल सम्म संक्रमण भइ मृत्यु हुनेको संख्या ६ रहेको छ ।