कर्णालीमा स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारमा कोरोना संक्रमण देखियो
सुर्खेत, ७ असोज । कर्णालीमा बुधबार थप ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमित थपिएको हुन् ।
कोरोना संक्रमित हुनेमा स्वास्थ्यकर्मी ८ जना, सरकारी कर्मचारी ४ जना, नेपाल प्रहरीका ७ जना, विद्यार्थी ४ जना, नेपाली सेनाका २ जना, सिलाई कटाई गर्ने २ जना, सुनचाँदी व्यवसायी २ जना, बैक कर्मचारी, पत्रकार, डाक्टर, गैरसरकारी संख्यामा काम गर्ने कर्मचारी १÷१ जना र कन्टेक ट्रसिङ्का १३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ३२७६ पुगेको छ ।
बुधबार कर्णालीका बिभिन्न आइसोलेसन र अस्पतालबाट १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए । ‘कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २७३१ पुगेको छ ।’ उनले भने,‘हाल ५२९ जना कोरोना संक्रिय संक्रमित बिरामी रहेका छन् ।’
प्रतिक्रिया दिनुहोस्