सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कार्यालयका कर्णाली प्रदेश प्रमुख भीमबहादुर थापाको विदाई भएको छ । १२ वर्षसम्म कर्णालीका बिभिन्न ठाउँमा रहेर सेवा गरेका थापा बाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएका हुन् ।
थापालाई कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र सामाजिक विकासमन्त्री दल रावलले विदाई गरेका हुन् ।
विदाई कार्यक्रमपछि कर्णालीमा लामो समयदेखि काम गर्दा आफुै निकै सुखद अनुभव गरेको बताए । ‘३० वर्षे लामो अवधिमा मैले १२ वर्ष कर्णालीका विकट क्षेत्र डोल्पा, मुगु र सुर्खेतमा काम गरे बिताए ।’ उनले भने,‘यहाँ रहँदा जहिले पनि खाद्य संकटका बिषयमा मात्र सोच्ने गरेको थिए ।’
कर्णालीमा सधै भोकमरी हुने भएको हुँदा खाद्य आपुर्तिमा बिषयमा आफुले सधै सकारात्माक भूमिका खेलेको थापाले बताए । ‘मैले कर्णालीका विकट ठाउँमा कसरी खाद्य पु¥याउने भन्नेमा मात्र ध्यान गयो ।’ उनले भने,‘कर्णालीका विकट क्षेत्रमा अहिले पनि ३ महिना मात्र खाद्यान्न पुग्ने गरेको छ ।’
कर्णाली प्रदेश सरकार बनेपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आफुलाई धेरै सहयोग गरेको र आफु वहाँबाट आभारी भएको थापाले बताए । ‘मन्त्रालयसँग मिलेर हामीले अनलाइन डेलिभरीको सिस्टमको विकास गर्यौ ।’ उनले भने,‘सुपथ मुल्य पसल पनि वहाँकै पहलमा संचालन गरेका हौं ।’