८ असोज ,काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सदस्यीय विधान मस्यौदा समिति बनाएको छ। राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको बैठकले विधान मस्यौदा समिति गठन गरेको हो।

पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कार भद्रा र ध्रुबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

समितिको सदस्यहरूमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेको छन्।