सुर्खेत, ११ असोज । सुर्खेतका सामाजिक अभियन्ता तथा युवा उद्यमी भद्र भण्डारीको जन्म दैलेखको दुल्लु नगरपालिकाको विनायक गाउँमा भएको हो । व्यवसायीक पृष्ठभुमीको परिवारमा जन्मिएका भण्डारीको जन्म २०३६ साल जेठ १३ गते भएको हो ।
सुर्खेत शिक्षा क्याम्पसबाट आइएसम्मको अध्यायन गरेका भण्डारीले एसएलसी दिएपछि समाजसेवा एंवम् व्यवससायमा लाग्न शुरु गरेका हुन् । उद्योग बाणिज्य संघ, सुर्खेतका कोषाध्यक्ष, ओयसिएन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, वीरेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष, लायन्स क्लवका जोनचियर पर्सन, सुर्खेतस्थित होण्डा शोरुमका संचालक, प्रसान्ती बृद्धा आश्रम केन्द्रका अक्षय कोष अभियानका संयोजक तथा सुर्खेत होराइजन एकेडेमीका निर्देशकसमेत रहेका भण्डारीसँग सेतोपंछी अनलाइनले गरेको कुराकानीको सारांश
मेरो पारिवारिक पृष्ठभुमी व्यापार व्यवसायी नै हो
मेरो हजुरबुवा र बुवा सुर्खेतको एक कुशल व्यापारी हुनुहुन्थ्यो । हजुरबुवा व्यापारी भएका कारणले बुवाले पनि व्यापारमा लाग्नुभयो । हजुरबुवा र बुवा व्यवसायी भएका कारणले मलाई पनि व्यवसायी बन्न उत्साहित गर्नुभयो । हजुरबुवा र बुवाले किराना पसल चलाउनु हुन्थ्यो । मैले त्योसँगैसँगै होण्डाको शोरुम संचालन गरेको छु । पछि पुरानो व्यवसाय परिवर्तन गरेर मैले अर्को नयाँ व्यवसाय शोरुम संचालन गरेँ ।
यसरी समाज सेवामा लाग्ने प्रेरणा जाग्यो
एसएलसी दिएर खाली बसेको थिए । नेपालमा ठुलो बाढीपहिरो गयो । जेसिजले राहत संकलन र वितरण गर्ने काम गरेको थियो । जेसिजले सुर्खेतका व्यापारी तथा अन्यबाट बाढी पीडितका लागि राहत उठाउने काम गरेको थियो । मैले पनि जेसिजमा जोडिएर समाज सेवा गर्ने मौका पाएँ । जेसिजबाट देश तथा विदेशमा रहेका युवाहरुले समाज सेवा गर्ने काम गरेको देखेर समाज सेवाको काममा लागेको हँु । समाज सेवाले आत्मसन्तुष्टी दिँदो रहेछ । यसैमा खुसी लाग्छ ।
यसरी बृहत भएको थियो प्रशान्ति वृद्धाश्रम केन्द्र
सन् २००१ मा म वीरेन्द्रनगर जेसिजको सदस्य भएको हुँ । त्यसको १२ वर्षपछि सन् २०१२ मा वीरेन्द्रनगर जेसिजको अध्यक्ष भए । वीरेन्द्रनगर जेसिजको अध्यक्ष हुँदा हामीले समाजका जेष्ठ नागरिकलाई के गर्न सकिन्छ ? भनेर सल्लाह गर्यौ । प्रशान्ति वृद्धाश्रमलाई कसरी बृहत बनाउन सकिन्छ योजना बनायौं । वृद्धाश्रम बनाउनका लागि म समितिको कोषाध्यक्ष भए । सबै साथीभाई मिलाएर हामीले प्रशान्ति वृद्धाश्रमलाई बृहत बनाउन लाग्यौं । जेष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने निधो गरियो । उक्त जेष्ठ नागरिक अक्षयकोष अभियान संयोजकको जिम्मेवारी समितिले मलाई सुम्पियो । अक्षयकोष अभियानका लागि देश विदेशका युवा तथा सहयोगी हातहरुलाई जोड्ने काम गर्दै हाल आएर ८७ लाखको अक्षयकोष स्थापना भएको छ । त्यसै अक्षयकोषको ब्याजबाट वृद्धाश्रमको व्यवस्थापन गर्ने काम गरेका छौं ।
यो वृद्धाश्रम बनाउनका लागि करिब देश विदेशबाट ७ सय जना आजिवन सदस्य र अक्षयकोषदाताहरुको ठुलो भूमिका छ । प्रशान्ति वृद्धाश्रम समुदायस्तरमा स्थापना भएको एउटा ठुलो समाज सेवी संस्था हो । सबैको सकरात्माक सोचका कारणले प्रशान्ति वृद्धाश्रमको जन्म भएको हो । सकरात्माक सोचेर काम गरे सबै सकरात्माक काम हुन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो ।
हामीले रोजगारी शृर्जना पनि गरेका छौं
हामीले गरेको व्यवसायबाट रोजगारकोसमेत शृजना भएको छ । धेरै युवाहरु प्रत्यक्ष, अप्रत्याक्ष रुपमा हाम्रो व्यवसायसँग जोडिएका छन् । आउँदा दिनहरुमा अझ उत्पादनमुखी व्यवसायमा लागेर यो क्षेत्रलाई स्वाबलम्वी बनाउन हामी लागि परेका छौं । काम र कर्मले ठुलो बनाउँछ । सबैलाई जे सकिन्छ, जस्तो सकिन्छ काम गर्न सन्देश दिन चाहन्छु । धेरैले यो क्षेत्र कर्णाली प्रदेश पिछडिएको छ भन्छन् । तर, मेरो बिचारमा कर्णालीमा धेरै अवसरहरु रहेका छन् । भोली गएर यो उर्वर भूमीलाई आधुनिक तरिकाले योजनावद्ध रुपमा अगाडी बढाउन सकेमा समृद्ध कर्णालीको सपना साकार हुन धेरै समय लाग्दैन् ।
रोजगार बन्ने कि रोजगारी दिने ?
अहिलेको अंहम प्रश्न भनेको रोजगार बन्ने कि रोजगारी दिने ? भन्नेमा छ । कर्णालीमा रोजगारीका अवसर धेरै छन् । कर्णालीमा रोजगारी सिर्जना गर्नका लागि ‘भर्जिन’ क्षेत्र हो । यहाँ कृषि, पर्यटन, उद्योग, हाइड्रो, माइनमिनिरल आदीद्वारा रोजगारीको शृर्जना गर्न सकिने धेरै आधारहरु रहेका छन् । तै, पनि समस्या के भएको छ भने सडक संजाल, दक्ष जनशक्ति, विद्युत र औधोगिक सुरक्षाको समस्या छ । व्यवसायी तथा उद्योगीहरुले अहिले पनि ठुला मेसिनरी सर–सामान ल्याउन पाएका छैनन् । त्यो ल्याउन नसक्नुको कारण के हो ? भने सडक संजाल राम्रो बनेको छैन् । सुर्खेतमा नै विद्युतको अवस्था तपाईहरुले देख्नु भएको छ । कर्णालीका केही जिल्लामा विद्युत नै छैन् । यो अवस्थामा समृद्ध कर्णालीको परिकल्पना गर्न निकै कठिन छ ।
कर्णालीमा रोजगारी सिर्जना गर्नका लागि साना तथा ठुला उद्योग खोल्न सकिने अवस्था छ । त्यसका लागि समस्या विद्युत र सडक संजालको नै हो । यसलाई जतिसक्दो चाडो सरकारी पहलको आवश्यकता रहेको छ । यो नीजि क्षेत्रले मात्र गर्न सक्ने अवस्था हैन् ।
कृषि क्षेत्रमा हामीले पशुपालन, जडिबुटी, फलफूल, उन्नत जातका कृषि बालीको उत्पादनमा जोड दिन सक्यौं भने कर्णालीमा नै धेरैलाई रोजगारी दिन सकिन्छ । तर, त्यसमा सरकारको ध्यान जान सकेको छैन् । कृषिमा दिने सरकारी अनुदान अहिले लक्षित वर्गमा जान सकेको छैन् ।
पर्यटकीय हिसाबले कर्णाली स्वर्गको उत्कृष्ट टुक्रा हो । यहाँ तालतलैया, साहसिक पर्यटन, जलबिहार, हिमाल लगाएतका अन्य क्षेत्र रहेका छन् ।
सामाजिक–साँस्कृतिक पर्यटन, साहासिक पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण र ‘भर्जिन ल्याण्ड’का रुपमा लिन सकिन्छ । तर, यति धेरै सम्भावनहरू हामीसँगै भएर पनि कर्णालीका नागरिकहरू बिनाको खोजीमा भौतारीरहेको कस्तुरीझैं रुमल्लिरहेको अवस्थामा छौं । यो हुनुको मुख्यतया दुई वटा प्रमुख कारणहरू रहेको छन् । स्थानीय आफै जागरुप नहुनु र राज्य उदासिन रहनु नै हो ।