कर्णालीमा १९ जना सशस्त्र प्रहरीमा कोराना संक्रमण
सुर्खेत, १२ असोज । कर्णालीमा १९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सहित ३३ जनामा कोरोना पुष्टि भएको छ । सोमबार संक्रमित हुनेमा १९ जना महेश्वरी बाहिनीका सशस्त्र प्रहरी सुर्खेतमा कार्यरत १९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएको हो ।
सोमबार १९ जना सशस्त्र प्रहरीका जवानसहित ३३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए । ‘निजामति कर्मचारी तीन जना, स्वास्थ्यकर्मी दुई जना स्वास्थ्यकर्मी, फर्निचर व्यवसायी, जनप्रतिनिधि, बैंक कर्मचारी र विद्यार्थी एक÷एक जना कोरोना पुष्टि भएको छ ।’ उनले भने,‘पुष्टि हुनेमध्य जिल्लागत आधारमा सुर्खेतका २०, जाजरकोट, दैलेख, जुम्ला, रुकुमपश्चिमका दुई÷दु्ई जना, कालिकोटका एक र अन्य प्रदेशका तीन जना रहेका छन् ।’
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ३०४२ रहेको र कर्णालीका बिभिन्न आइसोलेसन र अस्पतालबाट १५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको कंडेले जानकारी दिए । योसँगै २८४२ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्