सुर्खेत । दशैं तिहार आउन करिब एक महिना बाँकी रहेको छ । विगत वर्षहरु यो सिजनमा सुनचाँदी किन्न आउनेको भीड नै लाग्ने गरेको भएपनि यो वर्ष सुनचाँदी किन्ने न्युन आउने गरेका छन् ।
चाड पर्व मौसम शुरु भएपनि सुनचाँदीको व्यापार न्युन रहेको छ । सुनचाँदीको मुल्य निरन्तर बढेका कारणले सुनचाँदीको व्यापार न्युन भएको हो ।
यसभन्दा अघिल्ला वर्षहरुमा चाड पर्वको बेला सुनचाँदी व्यापार राम्रो भएपनि यस वर्ष कोरोना र सुनचाँदीको मुल्य बढेका कारणले व्यापार न्युन भएको हो ।
बिगतका वर्षहरुमा चाड पर्वका बेला सुनचाँदीको व्यापार राम्रो हुने गरेको यो वर्ष सुनको मुल्य बढेको र कोरोना कारणले सुनचाँदी किन्ने ग्राहकको कमी भएको सुर्खेत वीरेन्द्रनगर–६ मनिष ज्वैलर्सका संचालक महेन्द्र गहतराजले बताए । ‘कोरोनाका कारणले कयौं मानिसको रोजगारी गुमेको छ । वैदेशिक रोजगारीमा गएका नागरिकहरु फिर्ता भएका छन् ।’ उनले भने,‘विदेशबाट आउने रेमिटायन्समा कमी आएका कारणले सुनचाँदी किन्ने ग्राहकमा कमी आएको छ ।’
विगत चाडवाडका बेला सुनचाँदीमा काम गर्ने कालीगढहरुलाई भ्याई नभ्याई हुने गरेको अहिले कालीगढको रोजगारी पनि गुम्न पुगेको गहतराजले जानकारी दिए । ‘सुनचाँदीको व्यापार निकै कमी आएको छ ।’ उनले भने,‘सुनचाँदीको व्यापार नहुँदा पसलको भाडा तिर्न र कालीगढलाई तलब खुवाउन समेत समस्या भएको छ ।’
कर्मचारी, व्यापारी, विदेशमा गएका नागरिकहरुले सुनचाँदी बढी आक्रर्षित हुने गरेकामा कोरोनाका कारणले अहिले अंधिकासको रोजगारी गुमेकाले सुनचाँदी किन्न ग्राहकको कमी आएको सुर्खेत वीरेन्द्रनगर–६ का संगम ज्वैलर्सका संचालक ज्ञानेन्द्र विश्वकर्माले बताए । ‘कोरोनाका कारणले आर्थिक गतिबिधिमा कमी आएको छ ।’ उनले भने,‘मान्छेलाई खानसमेत नपाएको बेला सुनचाँदी किन्ने ग्राहकमा कमी आएको हो ।’
सुर्खेतमा करिब २ सय हाराहारीमा सुनचाँदी व्यवसायी रहेका छन् ।