दैलेख । दैलेखमा ५ बर्षीय बालिका बलात्कार गरेको आरोपमा ३५ बर्षीय एक पुरुषलाई प्रक्राउ गरिएको छ।

नारायण नगरपालिका ८ सिमडास्थित ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिकलाई पक्राउ गरिएका हो । जिल्ला प्रहरी कार्यालय दैलेखले घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताएको छ।

स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।