काठमाडौं । लठ्ठिने औषधि खुवाएर १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । १६ र १७ गते मिनिबसमा किशोरीलाई राखेर पटक पटक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।

भक्तपुरका प्रहरी निरीक्षक सुवा बुढाथोकीका अनुसार सिन्धुपाल्चोक घर भएकी ती किशोरीलाई दुईजनाले बा ३ ख २६१२ नम्बरको मिनिबसमा राखेर बलात्कार गरेका थिए ।

भक्तपुर नगरपालिका ८ बाट सिन्धुपालचोक चौतारा साँगाचोकगढीका २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका २१ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीले ती किशोरीलाई आफ्नो संरक्षणमा राखेको छ भने घटनामा संलग्न अर्का एकजनाको खोजी भइरहेको छ । सिन्धुपाल्चोकबाट आएकी किशोरीले आफूलाई लठ्ठिने औषधि खुवाएर पटक पटक बलात्कार गरेको बताएकी छन् ।