सुर्खेत, १८ असोज । आइतबार कर्णालीमा थप ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा थप ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
कोरोना संक्रमित भएकामध्ये सुर्खेतका ५२ जना, दैलेखका ६ जना, कालिकोट, जाजरकोट र रुकुमपश्चिम एक÷एक जनामा गरि ६१ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए ।
कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ३८४१ पुगेको छ ।
आइतबार कर्णालीका बिभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट २० जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ३११० पुगेको छ ।
कर्णालीमा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ७२१ जना रहेको र कोरोनाका कारणले हालसम्म नौ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।