सुर्खेत । सुर्खेतका बिभिन्न ठाउँमा संचालनमा रहेका होमस्टेहरु कोरोना कहरका कारणले थला परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–५ सालघारी होमस्टे, वीरेन्द्रनगर–९ पातलगंगा होमस्टे, जर्वुटास्थित आफर स्टे लगाएतका होमस्टे कोरोना कारणले थला परेका हुन् ।
विगतमा स्थानीय परिकार र स्थानीय संस्कृतीको आनन्द लिन ती होमस्टे जानेहरु विगत ७ महिनादेखि प्रायः सुनसान अवस्थामा रहेका छन् ।
बराहताल गाउँपालिका ५ स्थित सालघारी होमस्टेमा खाना खान र बास बस्न पुग्नेहरुको संख्या विगतमा धेरै संख्यामा आउने गरेकोमा अहिले न्युन संख्यामा आउने गरेको होमस्टे संचालक समितिका अध्यक्ष टोपबहादुर आलेले बताए । ‘यहाँका होमस्टेमा सिस्नोसँगै मकैको रोटी, ढिँडो, साग, मोही, गोलभेंडाको अचार, सिन्कीको अचार, स्थानीय जातका कुखुराको मासु, दही, दूध लगायतका परिकार पाइन्छन् ।’ उनले भने,‘त्यो स्वाद लिनका लागि र स्थानीय ठाउँमा प्रचलित गीत तथा नाँच हेर्नका लागि रारा जाने बजार क्षेत्रका बसोबास गर्दै आएकाहरु पनि एक दिन वा रातका लागि होमस्टेमा पुग्ने गरेका थिए । कोरोनाका कारणले अहिले सुनसान भएको छ ।’
कर्णाली घुम्न आउने पर्यटक र यहाँका स्थानीय खानपिन संस्कृतीका बिषयमा जानकारी दिने होमस्टेहरु अहिले कोरोनाका कारणले थला परेको आलेले जानकारी दिए । ‘कोरोनाका कारणले पाहुना आउन सकैले पनि चाहदैँनन् ।’ उनले भने,‘को आएर होमस्टेमा बस्छन् ।’
थारु समुदायमा लोप हुनै लागेका कला, संस्कृति, पहिरन र पहिचान जोगाउन होमस्टे एउटा प्रतीककै रुपमा रहेका कोरोनाका कारणले पाहुनाहरु आउन वीरेन्द्रनगर–९ पातलगंगा होमस्टेका अध्यक्ष दीलबहादुर चौधरीले बताए । ‘आधुनिकताले थिचेपछि लोप हुने अवस्थामा रहेको थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे संचालनमा ल्याइएका हौं ।’ उनले भने,‘कोरोनाका कहरले त्यही पनि लोप गर्ला जस्तो भएको छ ।’
साँस्कृतिक अन्तरघुलनले पूरै लोप हुने अवस्थामा रहेको थारु संस्कृति संरक्षणका लागि समुदायस्तरमा संचालन गरिएको होमस्टेले थारु कला संस्कृती जोगाउने उद्देश्य राखेको चौधरीले बताए । ‘भर्खर संचालनमा आएको होमस्टे अहिले कोरोनाका कारणले थला पर्यो ।’ उनले भने,‘पुरानै स्थितिमा फर्किनका लागि केही समय अवश्य लाग्नेछ ।’
केही चाहिदैँनथ्यो ।