सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना व्यक्त गरेका छन् । मन्त्री बुढाले हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन र यो रोग चाडै मुक्तिको कामनासहित दशैं तिहारको शुभकामना व्यक्त गरेका हुन् ।
मन्त्री बुढाले २०७७ सालको विजया दशमी, शुभ दिपावली तथा पर्वको अवसरमा शुभकामना दिदैँ ‘कर्णाली प्रदेशवासी, देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासहित दीर्घायुको हार्दिक मंगलमय शुभकामना गर्दछु ।’
मन्त्री बुढाले कोरोना महामारीका बेला दशैलाई तडकभडक बनाउनेभन्दा जहाँ छौं त्यही रहेर मनाउन पनि आग्रह गरेका छन् ।